साउने झरी

<span class='c1'>साउने</span> <span class='c2'>झरी</span>

 

नानि भारद्वज

अति हुँदा खति हुने साक्षि साउने झरी
त्यै झरिले बगाउँदा काली भुण्टी मरी
कतै आयो ठूलै बाढी कतै आयो पहिरो
अङ्खोराले घोप्ट्याए झैं पानीको छ ओइरो।

बाटाघाटा खण्ड पनि आवत जावत बन्द
पहाडबाट पहिरो खस्दा यात्रु पर्छन् फन्द
भिरपाखा पहिरो खस्दा जोखिमपूर्ण छन्
बस्ति हाम्रा सबैतिर खहरेले खाछन्।

बास बस्न कहाँ जाने कता ओता लाग्ने
खाजा अहिले के खाने कहिले खाना खाने ?
बर्खाको जोहो सबै खहरे मै बग्यो
ओत लाग्ने झुप्रो पनि पहिरोले नै पु¥यो।

बस्तु एउटा दुहुनु भाको भैंसी पनि म¥यो
तीनपाथे मकैबारी सोत्तर बगर भयो
हाडाभाडा सुक्कुल गुन्द्री पहिरो मै प¥यो
के गर्नु नि यस झरिले सर्वनास नै ग¥यो

५ श्रावण २०७४ ललितपुर।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्