वस्तीमा पसेको पानीमा डुबेर बालकको मृत्यु

<span class='c1'>वस्तीमा पसेको पानीमा</span> <span class='c2'>डुबेर बालकको मृत्यु</span>

विराटनगर । वर्षात्सँगै केसलिया खोलामा आएको बाढी बस्तीमा पस्दा विराटनगर–१६ का एक बालकको डुबेर मृत्यु भएको छ । विराटनगर–१६ मा रहेको आफ्नै घर नजिक बालकको पानीमा डुबेर मृत्यु भएको हो ।

खोलाको बाढी वस्तीमा पस्दा जतजातै पानी भरिएको थियो । त्यहि क्रममा ५ वर्षीय रोमन कामतको डुबेर मृत्यु भएको हो । मृतक बालकाका दाजु सुमित कामतका अनुसार दिउँसो साढे ३ बजे बालक हराएका थिए । त्यसपछि सबै भएर खोजि गर्ने क्रममा साँझ ६ बजे मृत्यु भएको अवस्था फेला पारिएको हो ।

इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दिपक थापाका अनुसार बालकको घर नजिकै पानीमा तैरिएको अवस्था भेटिएको र अस्पताल पठाइएको थियो । अस्पतालमा चिकित्सकले मृतक घोषणा गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्