१४४ कोरोना संक्रमित थपिए, संक्रमितको संख्या १६ हजार ९४५ पुग्यो

१४४ कोरोना संक्रमित थपिए, संक्रमितको संख्या १६ हजार ९४५ पुग्यो

विराटनगर । नोभेल कोरोना भाइरसका १४४ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १४४ संक्रमित थपिएका हुन् ।

आइतबार देशभर ८२ कोरोना भाइरस संक्रमित थपिएका थिए । कुल कोरोना संक्रमितको संख्या १६ हजार ९४५ पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ६१३ रहेको छ ।
७७ जिल्लामै फैलिएको कोरोना संक्रमणबाट देशभरका पाँच जिल्ला संक्रमण मुक्त भएका छन् । मन्त्रालयका प्रवक्ता गौतमका अनुसार धनकुटा, भोजपुर, मनाङ, मुस्ताङ र हुम्ला गरी पाँच जिल्ला कोरोना भाइरस संक्रमण मुक्त भएका छन् । पाँच सयभन्दा बढी कोरोना भाइरस संक्रमित भएका जिल्लाहरुमा महोत्तरी, रौतहट, कैलाली र बाजुरा रहेका छन् । पछिल्लो २४ घण्टामा एक हजार ७०५ कोरोना संक्रमितको उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । हालसम्म देशभरबाट १० हजार २९४ जनाको उपचारपछि डिस्चार्ज भएका छन् ।

हालसम्म देशभरबाट ६० दशमलव ७ प्रतिशत मानिसहरु अस्पतालबाट डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा देशभरका २५ प्रयोगशाला मार्फत पाँच हजार ८५६ जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म नेपालमा दुई लाख ८९ हजार ३७१ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ। हालसम्म देशभरका २३ हजार ४७० क्वरेन्टिनमा रहेका छन् भने ६ हजार ६१३ जना कोरोना संक्रमित आइसोलेसनमा छन् । देशभर हालसम्म कोरोना भाइरसको संक्रमणबाट ३८ जनाको मृत्यु भइसकेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्