प्रदेश १ मा १४ संक्रमित थपिए, २२ जना कोरोनामुक्त

<span class='c1'>प्रदेश १ मा १४ संक्रमित</span> <span class='c2'>थपिए, २२ जना कोरोनामुक्त</span>

विराटनगर । प्रदेश १ मा आज १४ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ९, ते¥हथुममा २, झापा, इलाम र उदयपुरमा १–१ जना पुरुषमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार मोरङको मिक्लाजुङमा ६, उर्लाबारीमा २ र बेलबारीमा १, ते¥हथुमको लालीगुराँसमा २, झापाको कमल गाउँपालिकामा १, इलामको देउमाईमा १ र उदयपुरको बेल्टारमा १ पुरुषमा कोरोना रिपोर्ट पोजेटिभ आएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७९० पुगेको छ ।

प्रदेश १ बाट २२ जना डिस्चार्ज भएका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ११ जना, पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेसन अस्पताल गोठगाउँबाट ६ जना र कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ५ जना डिस्चार्ज भएका हुन् ।


डिस्चार्ज हुनेमा मोरंगका ७, झापा र सुनसरीका ६–६ जना, उदयपुर, ते¥हथुम र इलामका १–१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट डिस्चार्ज हुने सवै विराटनगरका रहेका छन् । उनीहरु असार २३ गते अस्पताल भर्ना भएको अस्पताल व्यवस्थापन समितिका सदस्य ध्रुव उरावले जानकारी दिनुभयो । प्रदेश १ बाट डिस्चार्ज हुनेको संख्या ७ सय २ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्