विराटनगर । बिराटनगरबाट प्रतिबन्धित लागुऔषध सहित ३ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा भारत अररिया जोगमनी बस्ने १९ बर्षीय तारिकन अनवर, बिराटनगर–६ का २० बर्षीय सुमित दास र १८ बर्षीय मनिस दास रहेका हुन् ।
उनिहरुलाई लागुऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । आइतबार साँझ साढे ६ बजे साईकलमा रहेका भारतिय नागरिक अनवरलाई विराटनगर–१५ बाट ३५ ग्राम ५६० मिलिग्राम खैरोहिरोयन ब्राउनसुगर सहित पक्राउ गरिएको थियो । उनले साईकलको सिटमुनी ब्राउनसुगर लुकाई राखेका थिए ।
यसै गरी बिराटनगर–१६ मा पैदल हिडिरहेका सुमित र मनिसलाई १२० नाईट्राभेट लागुऔषध ट्याब्लेट सहित पक्राउ गरिएको थियो । लागुऔषध सहित पक्राउ परेका तिनै जना उपर ईलाका प्रहरी कार्यालय रानीबाट कानुनी कारबाही प्रकृया अगाडी बढाइएको छ ।