प्रेम देवान
विराटनगर । मदरसामा पढ्ने दुई बालिकामाथी ‘बाल यौन दुव्र्यवहार’ गरेको आरोपमा पक्राउ परेका मोलबी विरुद्ध मोरङ अदालतमा मुद्धा दायर भएको छ । विराटनगर–८ अशोक चौकमा रहेको मदरसाका मोलबी (प्रधानाध्यापक) विरूद्ध मोरङ अदालतमा मुद्दा दायर भएको हो ।
मदरसा रजाए मुस्तफा प्राथमिक विद्यालयमा अध्ययनरत दुई जना छात्रालाई ‘बालयौन दुव्र्यवहार’ गरेको आरोपमा पक्राउ परेका ४१ वर्षीय मोलबी अमिरुदिन भन्ने महमद अमिर मियाँ विरूद्ध अदालतमा मुद्दा दर्ता भएको हो । प्रहरी हिरासतमा रहेका अमिरको मोरङ प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएपछि जिल्ला सरकारी वकिलको कार्यालयले सोमबार मोरङ अदालतमा मुद्दा दर्ता गरेको थियो ।
मोलबीलाई गत माघ ७ र माघ ८ गते गरि मदरसामा अध्ययनरत कक्षा ५ र ६ का दुईजना छात्रालाई यौन दुव्र्यवहार गरेको आरोप लागेको थियो । छात्राहरूले मोलबी विरुद्ध मोरङ प्रहरीमा जाहेरी दर्ता गराएपछि फरार भएका थिए । घटना भएको ६ महिनापछि यौन दुव्र्यवहार आरोप लागेको मोलवी अमिर मोरङ प्रहरीमा आत्मसमर्पण गरेका थिए।
मदरसामा अध्ययन गर्ने क्रममा गृहकार्य सुनाउन कोठामा जाँदा मोलवी अमिरुद्धिनले भित्रबाट कोठाको चुकुल लगाएर यौन दुव्र्यवहार गरेको अदालतमा दायर भएको अभियोग पत्रमा उल्लेख छ । मोलवी अमिरुद्धिले यसअघि गएको माघ ७ गतेसमेत आफ्नै मदरसामा अध्ययनरत अर्की एक १४ वर्षीय छात्रालाई समेत यौन दुव्र्यवहार गरेको आरोप छ ।
दैनिक ६ बजेदेखि ८ बजेसम्म चल्ने मदरसामा माघ ७ गते मंगलबार अध्ययन गर्न गएकी अर्की छात्रालाई समेत अमिरुद्धिनले सुन्तला खान दिने प्रलोभन दिएर कार्यालय कोठामा लगेर दुव्र्यवहार गरेको अभियोग पत्रमा उल्लेख छ । २०६४ सालदेखि सो मदरसामा अध्यापन गराउँदै आएका मोलवी अमिरुद्धिनले छात्राहरुलाई यसअघि पनि पटक–पटक यौन दुव्र्यवहार गर्दै आएको स्थानीयको भनाइ छ ।
बाल यौन दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका अभियुक्त महमद अमिर मियाँलाई हदैसम्मको कारबाहीको माग राख्दै पीडित परिवार र आफन्तले अदालत परिसर बाहिर प्रर्दशन गरेका छन् । उनीहरूले बालयौन दुव्र्यहार गर्नेलाई कडा कारबाही गर, दोषिलाई उन्मुक्ति दिन पाइँदैन, पीडित बालिकालाई न्याय दिउँ लगायतको प्लेकाडसहित प्रर्दशन गरेका थिए ।