विराटनगर बसपार्कबाट साउन ८ गतेदेखि बस चल्ने

<span class='c1'>विराटनगर बसपार्कबाट साउन ८</span> <span class='c2'>गतेदेखि बस चल्ने</span>

विराटनगर । यातायात व्यवसायीले सार्वजनिक यातायात साउन ८ गतेदेखि सञ्चालन गर्ने घोषणा गरेका छन् । यो घोषणासँगै विराटनगर बसपार्कबाट छुट्ने गाडीहरुको अवस्था परीक्षण तथा मर्मतको काम सुरु गरिएको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र यातायात मजदुरको ट्रेड युनियनले काठमाण्डौंमा संयुक्त पत्रकार सम्मेलन गरी साउन ८ गतेदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने घोषणा गरेका हुन् ।

नेपाल यातायात व्यवसायी महासंघ मोरङका अध्यक्ष राजन कँडेलले केन्द्रको निर्णयसँगै प्राप्त परिपत्रका आधारमा यातायात सञ्चालन गर्ने पूर्व तयारी भईरहेको जानकारी दिएका छन् ।

सरकारले असार २६ गतेदेखि नै काठमाडौं उपत्यकाभित्र र अन्य ठाउँमा सम्बन्धित जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेको थियो । तर व्यवसायीले विभिन्न माग राख्दै यातायात सञ्चालन गर्न अस्वीकार गर्दै आएका थिए ।

मंगलबार पत्रकार सम्मेलनमा महासंघले आफू आवद्ध सबै यातायात कम्पनी, प्रालि, व्यवसायी तथा स्वरोजगार मजदुरलाई यातायात सञ्चालन गर्न आह्वान गरेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए ।

महासंघले यातायात सञ्चचलनका लागि मातहतका जिल्लामा पत्राचार गरेपछि सार्वजानिक यातायात सुचारु हुनेछन् । अध्यक्ष कँडेलले रोकिएका सवारीको मर्मतको काम भने धमाधम भईरहेको दावी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्