विराटनगरमा जसले मास्क लगाउँदैन, उसलाई प्रहरीले दिन्छ मास्क

<span class='c1'>विराटनगरमा जसले मास्क लगाउँदैन,</span> <span class='c2'>उसलाई प्रहरीले दिन्छ मास्क</span>

विराटनगर । कोरोना भाइरस (कोभिड १९ ) को उच्च जोखिमबाट बच्न सक्ने एक उत्तम उपाय हो मास्क । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य विभागले नै कोरोनाको उच्च जोखिमबाट बच्नको लागि मास्क लगाउनु अनिवार्य नै गरेको छ ।


यद्यपी अन्य ठाँउहरुमा भने प्रहरीले मास्क नलगाउनेलाई कडा कारबाही समेत गरी जरिवाना समेत तिराउनेसम्म गरेको छ । तर, विराटनगरको खण्डमा भने केहिदिन यता प्रहरीले मास्क नलगाई हिड्ने नागरिकहरुलाई मास्क वितरण गर्दै आएको छ । जिल्ला प्रहरी कार्यालय मोरङले आफै नै ‘तपाईंको मास्क खै’ अभियान नै जारी गरेको छ । एक महिना अगाडी मात्र मोरङ सरुवा भएर आउनुभएका प्रहरी प्रमुख एसपी सन्तोष खड्काले थाल्नुभएको अभियानमा मास्क वितरण गर्न सुरु गरिएको हो ।

सरकारले असार १ गतेबाट लकडाउनलाई केही खुकुलो बनाएपछि बजारमा आम सर्वसाधरणको चहलपहल बढ्दा कोरोना भाईरसको उच्च जोखिमको संभावना पनि त्यतिकै छ । बजारमा निस्कने आम सर्वसाधरणहरुले मास्क नलगाइ हिड्नेलाई प्रहरीले हरेक दिन मास्क वितरण गर्दै आएको हो । विराटनगरमा सामाजिक संस्थाले मोरङ प्रहरीलाई हस्तान्तत्रण गरेको मास्क सामुदायिक प्रहरी, स्थानीय युवाले प्रहरीसँग सहकार्य गरेर मास्क वितरण गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्