विराटनगर । सरकारले आज राती (मंगलबार) मध्यरातबाट लकडाउन अन्त्य गर्ने निर्णय गरेको छ। सरकारले चैत ११ गतेदेखि जारी गरेको लकडाउन औपचारिक रुपमा अन्त्य गर्ने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता युवराज खतिवडाले स्वास्थ्य मन्त्रालयको प्रस्तावमा राति १२ बजेबाट लकडाउन हटाउने निर्णय भएको जानकारी दिएका हुन्। सरकारले दैनिक संक्रमितको सख्या घट्दै गएको र अवस्था सामान्यतर्फ उन्मुख भएको निष्कर्षका साथ लकडाउन खोल्ने निर्णयमा पुगेको हो ।