विराटनगरमा २ जनामा कोरोना संक्रमण, एक जना नेपाल प्रहरी

<span class='c1'>विराटनगरमा २ जनामा कोरोना संक्रमण,</span> <span class='c2'>एक जना नेपाल प्रहरी</span>

विराटनगर । प्रदेश १ प्रहरी कार्यालय रानीका कार्यरत एकजना प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनी चार दिन अगाडी देखि रुघाखोकीका कारण होम क्वारेन्टाइनमा बसेका थिए ।
प्रदेश १ प्रहरी कार्यालयका प्रहरी उपरीक्षक एवं प्रवक्ता दिपक पोखरेलका अनुसार उच्च सावधानीसहित उनलाइर्् चारदिन अगाडीदेखि होम क्वारेन्टाइनमा राखिएको थियो । उनमा पीसीआर पोजेटिभ देखिएपछि कोभिड–१९ अस्पतालमा भर्ना गरिएको छ । नेपाल प्रहरीका प्रहरी निरीक्षक (ईन्सपेक्टर) रहेको बुझिएको छ ।

सरकारले मंगलबार रातीदेखी लकडाउन हटाएको भोलीपल्ट विराटनगरका २ जनामा कोरोना संक्रमण देखएिको छ ।विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख, रमेश कार्कीका अनुसार विराटनगर वडा नम्बर १० र वडा नम्बर ६ का गरि २ जना पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्