विराटनगर । बिहीबार साँझ काठमाण्डौंकोे वाफलमा एक युवती माथि एसिड प्रहार गरेको आशंकामा प्रहरी दुई जनालाई घटना भएको केही घण्टामा नै पक्राउ गरेको छ ।
घटनालगतै महानगरीय प्रहरी परिसर काठमाडौ र महानगरी अपराध अनुसन्धान महाशाखाको संयुक्त टोली परिचालन भएको थियो ।
दुई अभियुक्तलाई डल्लुबाट पक्राउ गरिएको महानगरी प्रहरी परीसरका प्रमुख श्यामलाल ज्ञावलीले जानकारी दिएका हुन् ।
पक्राउ पर्नेमा रौतहट लक्ष्मीपुर घर भइ हाल डल्लु बस्ने मोहम्मद आलम र भारत घर भई डल्लुमै बस्ने मुन्न मोहमद रहेको खुलेको छ । निज युवती पसलबाट दही किनेर फर्कदै गर्दा मोटरसाइकलमा आएका युवकले मोटरसाकलमा घर पु¥याइ दिन्छुु भनेको र उनले नजिकै हो पर्दैन भने पछि केही पर पुगेर फेरि फर्किएर आएर एसिड प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
घटना हेर्दा केटाले एकतर्फी रुपमा मन पराएको जस्तो देखिएको र केटीसँग पनि फोनमा सम्पर्क हुने गरको देखिएको छ ।
गए राती घटना भए लगतै प्रहरीका विभिन्न तहबाट दुईसय जना जति प्रहरी परिचालन भएको र सीसी क्यामेरामा कैद भएको दृष्यहरुका आधारमा पनि पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ, ।