डीआईजी कार्यालयमा आउजाउ बन्द

<span class='c1'>डीआईजी कार्यालयमा</span> <span class='c2'>आउजाउ बन्द</span>

विराटनगर । प्रदेश १ प्रहरी कार्यालय विराटनगर रानीलाई क्वारेन्टीनमा परिणत गरिएको छ ।
विराटनगरको प्रहरी नायव महानिरीक्षक (डीआईजी) कार्यालयमा कोरोना संक्रमण जोखिम बढेपछि कार्यालयलाई अघोषित सिल गरिएको हो ।
कोरोना भाईरस (कोभिड–१९) का पाँचजना संक्रमित फेला परेसँगै उनीहरुसँगै मिल्ने किसिमको लक्षण अन्य प्रहरीहरुमा समेत देखिन थालेपछि कार्यालयमा बाहिर र भित्रको आउजाउ बन्द गरिएको छ ।

प्रहरी उपरीक्षक एवं प्रदेश १ प्रहरी कार्यालयका प्रवक्ता दिपक पोखरेलका अनुसार सबैलाई क्वारेन्टीन बस्न निर्देशन गरिएको छ । कार्यालयमा कार्यरत रहि कोठा भाडामा बस्नेहरुलाई कार्यालयमा र कार्यालयमै बस्नेहरुलाई बाहिर निस्कन प्रतिबन्ध लगाइको हो ।

प्रहरी कार्यालयको दैनिक कामकाज अनलाइन प्रणालीबाट मात्रै हुँदै आएको छ । भित्रका भित्रै र बाहिरका बाहिरै अवस्थामा बसेका छौं, प्रवक्ता पोखरेलले भन्नुभयो–अन्य कुनै पनि शर्त र अवस्थाका व्यक्तिहरुले प्रवेश पाएका छैनन् ।

प्रदेश १ प्रहरी कार्यालयमा १६० जनाको दरबन्दी रहेको छ । कार्यालयमा कार्यरतमध्ये १४३ जनाको स्वाब संकलन गरि परीक्षणका लागि पठाइएको छ । परीक्षण रिपोर्ट आएको छैन, प्रवक्ता पोखरेलले भन्नुभयो–घोषित रुपमा सिल गरिएको हैन तर अघोषित रुपमा कार्यालयका कुनैपनि गतिविधिका लागि आउजाउ हुनेछैन ।

प्रदेश १ प्रहरी कार्यालयमा कार्यरत एकजनालाई बुधबार र चार जनालाई बिहीबार कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरुको सम्पर्क पहिचानका आधारमा लिइएको स्वाबको नतिजा आईसकेको छैन तर कोरोना संक्रमणको लक्षण देखिने रुँघा तथा खोकीले धेरैलाई सताईसकेको छ ।

कार्यालय भित्रका संरचनामा आपत्कालिन कार्य सञ्चालन सुविधाका लागि ४–५ जनाको दरले जिम्मेवारी छुट्याएर कार्यालय समेत अलग्याईको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्