विराटनगर। विगत २४ घण्टामा नेपालमा थप १०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १८ हजार ४८३ पुगेको हो ।
विगत २४ घण्टामा १०६ जना निको भएर डिस्चार्ज हुनु भएको र कुल निको हुनेको संख्या १३ हजार ०५३ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रा.डा.जागेश्वर गौतमले बारनको परवानीपुर ४ निवासी एक १७ वर्षीया युवतीको कोरोनाका कारण मृत्यु भएको जानकारी दिनुभयो ।
निज युवतीमा स्वाशप्रश्वसमा समस्या आएको तथा पातलो दिसा लागेको जस्ता लक्षण भएको पनि बताउनुभयो । यो सँगै नेपालमा कोरानाका कारण मृत्यु हुनेको संख्या ४५ पुगेको छ ।