सामाजिक धावक

<span class='c1'>सामाजिक धावक</span> <span class='c2'>।</span>

बस्ती भित्र लेपनधारिको सौगात नै छ बेग्लै
रिति थिति चलनमा पनि फुर्ति नै छ अलग्गै ।।

साहासी भै मह काडनेले चाटी हात्त उसैको
आंखा छली चाजो मिलाउने धन्य पात्र सबैको ।।

दौडनेको परिबेश बिच धावक नै बिजेता
तालि उस्तै रमितेहरूको हौसलाले उदेक ।।

आसेहरू भर अभरको भोजमा भई मख्ख
लर्को नित्य घर आंगनमा प्रसंसाले धपक्क।।

बिटो दानको फाल्दा पगरि पाइने सज्जनको
पदकको लायक बन्छन दिन फिर्छ तिनको ।।

नालायक बन्दछन साधु सिप लाग्दैन कतै
लेखा हराउछ बिचरा १ शुन्यता छ जताततै ।।

काहां बाट कसरि आयो खोजीदैन कसैगरि
नाम भित्र उप नाम बाबुले सम्बोधन गरि ।।

साइनो गांस्नेको भिड छ लाम कुटुम्ब बन्नेको
अभियान्ता अभिनेता लम्पट भै पछि तिनको ।।

हाबि नीतिमा हुन्छन निर्माता नै खेलाउछन
घडीमा बिपतको छडके आंखा लागाउछन ।।

धमिल्याए कुलंगारले बिटुलो ठालुको मन
उल्टो गतिको घडीले दिई हौसला झनझन ।।

बन्धन बिनाको सांडे नास्दछ कृषकको धन,
सात डाडा कटाउदा नि डुक्रिन्छ फर्किई कन ।।

सांडे छाडनेको रित फाबेन जनलाई रति
पलापिई अति भक्तिमा सताई पार्छ दुर्गती ।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्