कोशीको पोस्टनेटल वार्ड सिल, सम्पर्क पहिचानका आधारमा स्वाब संकलन गरिदैं

<span class='c1'>कोशीको  पोस्टनेटल वार्ड सिल, सम्पर्क</span> <span class='c2'>पहिचानका आधारमा स्वाब संकलन गरिदैं</span>

विराटनगर । कोशी अस्पताल विराटनगरको पोस्टनेटल वार्डमा कार्यरत नर्समा कोरोना भाईरस (कोभिड–१९) पोजेटिभ देखिएपछि उक्त वार्ड सिल गरिएको छ ।

विराट अस्पतालका चिकित्सकलाई कोरोना संक्रमण पुष्टि भएपछि त्यहाँको ‘ओटी’ विभागमा कार्यरत नर्स समेत संक्रमित भएकी हुन् । उनी कोसीसँगै विराटमा समेत आंशिक कार्यरत रहेकी थिइन् ।

कोशीको पोस्टनेटल वार्डमा उनलाई आइतबार कोरोना संक्रमण पुष्टि भएको हो । त्यसपछि कोसीको उक्त वार्ड सिल गरिएको छ । कोशी असपतालमा हाँजिर हुन आएका सप्तरीका अर्का चिकित्सकलाई समेत शनिबार कोरोना पोजेटिभ देखिएको थियो ।

कोशी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट (मेसु) डा. चुमनलाल दासले अस्पतालमा कार्यरत नर्समा कोरोना संक्रमण पोजेटिभ देखिएसँगै वार्ड सिल गरिएको जानकारी दिनुभयो ।

कोशीको उक्त वार्ड सिलसँगै नर्सको सम्पर्कमा रहेकाहरुको पहिचान गरि स्वाब संकलनको काम सुरु गरेको मेसु दासले जानकारी दिनुभयो । यस अगाडी संक्रमित देखिएका चिकित्सक तथा आइतबार संक्रमण पुष्टि भएकी नर्सलाई अस्पताल भर्ना गरिसकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्