विराटनगर । थप उपचारका लागि विराटनगरबाट वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएका कोरोना संक्रमितको मृत्यु भएको छ । कोशी अस्पताल विराटनगरबाट बुधबार दिउँसो धरान रेफर गरिएका ४५ वर्षिय पुरुषको मृत्यु भएको हो ।
सिकिस्त अवस्थामा विराटनगरबाट रेफर गरिएका व्यक्तिको वीपीमा उपचारका क्रममा मृत्यु भएको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रवक्ता डाक्टर निदेश सापकोटाले जानकारी दिए ।
विराटनगरबाट समन्वय नगरी विरामी पठाएका कारण अस्पताल भर्ना गर्न केही समस्या भएको थियो । सिकिस्त अवस्थाका पुरूषलाई भेण्टिलेटरमा राखेर उपचार गर्ने क्रममा ४ः४५ मा मृत्यु भएको सापकोटाले जानकारी दिएका हुन् ।