घरमै बसेर नमाज पढ्न मुस्लिम आयोगको आग्रह

<span class='c1'>घरमै बसेर नमाज पढ्न</span> <span class='c2'>मुस्लिम आयोगको आग्रह</span>

कोरोना भाइरसको जोखिम फैलनसक्ने भन्दै मुस्लिम आयोगले घरमै बसेर नमाज पढी इल उल अज्हा (इद) मनाउन आग्रह गरेको छ । आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले कोरोना भाइरस अझै नियन्त्रणमा आइनसकेकाले आफ्नै घर तथा आवासमा बसेर इद मनाउन आग्रह गर्नुभएको हो । मुस्लिम समुदायले शनिबार उक्त पर्व मनाउँदैछन् ।

इद संयमता, धैर्यता, विश्वशान्ति र भाइचाराको सन्देश दिने चाड भएको उल्लेख गर्दै आयोगले विश्वभर रहेका मुस्लिम समुदायले मनाउने यस पर्व यसपटक सुरक्षित भएर घरमै बसेर मनाउन अनुरोध गरिएको हो । कोरोनाका कारण लामो समयदेखि सामाजिक दूरी कायम गरी साविकदेखि नै दैनिकरुपमा मस्जिदमा पाँच जनाले मात्रै नमाज पढ्दै आएका छन् । इद उल अज्हाको नमाज पनि पाँच जनासम्मले मस्जिदमा पढ्न पाउने व्यवस्था गरिएको छ । आयोगले कोरोना भाइरस नियन्त्रणका लागि मुस्लिम समुदायले देखाएको सद्भाव र सहयोगप्रति कृतज्ञता प्रकट गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्