ओ.बि. मिडिया प्रा.लि. मा कार्यरत कर्मचारीहरुको कोरोना बीमा गरिएको छ । कोरोना भाईरस (कोभिड–१९) संक्रमण महामारीको रुपमा तिब्र हुँदै गएकोले प्रत्येक कर्मचारीहरुको कोरोना बीमालेख लुम्बिनि जनरल इन्सुरेन्स कम्पनी लिमिटेडबाट खरिद गरेको हो । यस कम्पनीले प्रदेश १ मा प्रभावकारी समाचार माध्यम आवर विराटनगर डट नेट संचालन गर्ने गरेको छ ।
विराटनगर क्षेत्रमा बढिरहेको कोभिड १९ संक्रमणको दरलाई मध्यनजर गर्दै कम्पनीको समाचार विभाग बाहेकका कर्मचारीहरुलाई ‘वर्क फ्रम हाउस’ विधि अनुसार प्रविधि मार्फत घरमै बसी दैनिकी कार्य सञ्चालनको व्यवस्थापन गरिएको कम्पनीका कार्यकारी निर्देशक सरोज कार्कीले बताउनु भएको छ । उहाँले यस अघि पनि कम्पनीमा कार्य गर्दा आवश्यक स्वास्थ्य सुरक्षा व्यवस्था कायम गर्ने गरिएको जानकारी दिनुभयो ।
यसै गरि फिल्डमा जाने तथा सूचना संप्रेषणमा कार्य गर्ने पत्रकारहरुका लागि आवश्यक सूरक्षा सामाग्री र मापदण्डको व्यवस्था कम्पनीले गरेको छ ।
साथै कम्पनीले महामारीको विषम परिस्थितिमा आफ्नो टोल र समाजमा भएका घटना तथा जानकारी नियमित रुपमा गराई दिन पाठक तथा शुभेच्छुकमा आग्रह गरिएको छ । ‘यस्तो अवस्थामा हाम्रा पत्रकार तथा सम्वाददाताहरु सबै स्थानमा नपुग्न सक्छन् वा सबै स्थानमा पुग्न जोखिम हुन सक्छ, त्यसैले तपाइको वरिपरि भएका घटना तथा जानकारीहरु नियमित रुपमा हामीलाई तस्विर वा भिडियोका मार्फत पठाउन अनुरोध गर्दछौं ।’ कम्पनीको आग्रह छ । कम्पनीले नागरिक पत्रकारीतामा जोड दिदै आएकाले पनि लकडाउन अवधीमा सबैले आफुले देखेका भोगेका घटना र अवस्था तस्विर र भिडियोमा खिचेर पठाउने कुरामा विस्वस्त रहेको कम्पनीको विश्वास छ ।
२०११ मा स्थापना भइ ओ.बि. मिडिया प्रा.लि.ले आवर विराटनगर डट नेट, ओवि पसल, ओवि म्याग, वर्ड विङ्ग्स, ओवि लर्निङ्ग स्टुडियो लगायत संचालन गर्दै आएको छ ।