विराटनगर । कोरोना संक्रमणबाट मृत्यु भएका विराटनगर–५ का ७७ वर्षीय पुरुषको लास नेपाली सेनाको बडी डिस्पोजेवल टोलिले लगेको छ ।
कोशी अस्पताल विराटनगरमा सोमबार दिउँसो मृत्युपछि कोरोना संक्रमण पोजेटिभ देखिएको पुरुषको लास व्यवस्थापनका लागि लगिएको हो ।
नेपाली सेनाले लास व्यवस्थापन गर्ने स्थानको यकिन गरेर लास उठाएको हो । स्थानीय तहका जनप्रतिनिधिसँगको छलफल र सुझावसहित स्थानको यकिन गरिएको मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले जानकारी दिनुभयो ।
तस्वीर : प्रेम देवान