विराटनगरका २१ जनामा संक्रमण पुष्टि, प्रदेश १ मा ६६ जना थपिए

<span class='c1'>विराटनगरका २१ जनामा संक्रमण पुष्टि, प्रदेश</span> <span class='c2'>१ मा ६६ जना थपिए</span>

विराटनगर । विराटनगरमा २१ ज्नासहित बिहीबा प्रदेश १ मा ६६ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २४ जना नयाँ संक्रमित थपिएका हुन् । तीमध्ये विराटनगरका ११ पुरुष र १० महिला संक्रमित छन् ।

पछिल्लो २४ घण्टामा सुनसरीमा १९, इलाममा १५, झापामा ८ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मोरङमा विराटनगरका २१, बेलबारीमा २ र रंगेलीमा १ पुरुष, सुनसरीको धरानमा ११ पुरुष, ३ महिला, इटहरीमा ४ पुरुष १ महिला, इलामको इलाम नगरपालिकामा १५ पुरुष, झापाको मेचीनगरमा ७ पुरुष, १ महिलाको कोरोना रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार २५५ पुगेको छ ।

 

प्रदेश १ मा बिहीबार १८ जना डिस्चार्ज भएका छन । पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेसन अस्पताल गोठगाउँबाट १२ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ६ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा झापाका ९, मोरंगका ६, मोरंग, सुनसरी र पाँचथरका १÷१ जना रहेका छन् । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ९ सय ५ पुगेको छ ।

बिहीबार एक हजार ५४ जनाको पीसीआर परीक्षण भएको छ । परीक्षण गरिएका मध्ये १५ महिला र ५१ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्