विराटनगर । विराटनगर–९ का एकजना व्यक्तिको कोशी अस्पतालमा निधन भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि शुक्रबार बिहान उपचारका लागि अस्पताल पु¥याइएका व्यक्तिको मृत्यु भएको अस्पताल प्रशासनले जानकारी दिइएको छ ।
५८ वर्षीय पुरुषमा एकसाता देखि सामान्य ज्वरो आएको र आज एक्कासी श्वास फेर्न समस्या परेपछि अस्पताल भर्नाका लागि लगिएको थियो ।
कोशी अस्पताल आईसोलेशनका इन्चार्ज डा.लक्ष्मीनारायण यादवले लक्षण मिल्ने देखिएकोले स्वाब संकलन गरिएको जानकारी दिनुभयो ।