कोरोना संक्रमणका कारण नोबेलको ओपीडी सेवा बन्द

<span class='c1'>कोरोना संक्रमणका कारण नोबेलको</span> <span class='c2'>ओपीडी सेवा बन्द</span>

विराटनगर । नोबेल अस्पताल विराटनगरले आइतबारदेखि ओपीडी सेवा बन्द गरेको छ । अस्पतालमा कार्यरत दुई चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएपछि नोबेलको ओपीडी सेवा बन्द गरिएको हो ।

अस्पतालका निर्देशक डा.राजेश नेपालले शनिबार आकस्मिक तथा अन्तरङ्ग सेवा बाहेकका स्वास्थ्य सेवालाई अर्को सुचना जारी नगर्दासम्म बन्द गरिएको जानकारी दिनु भएको छ ।

नोबेल अस्पतालले अब २४ घण्टा ड्युटी गर्नुपर्ने बाहेकका विभागमा एक पटकमा एकजना मात्रै कन्सल्टयान्ट चिकित्सकबाट राउण्ड गराउने भएको छ । निर्देशक नेपालले सबै विभागलाई तत्काल रोस्टर तयार गरेर दैनिक प्रशासनमा जानकारी गराउन समेत आग्रह गर्नु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्