विराटनगरमा तस्करीको सुनसहित एकजना पक्राउ

<span class='c1'>विराटनगरमा तस्करीको सुनसहित</span> <span class='c2'>एकजना पक्राउ</span>

विराटनगर । भारत लैजाँदै तस्करीको २३ तोला सुनसहित सशस्त्र प्रहरीले विराटनगर–१७ का एकजनालाई नियन्त्रणमा लिइएको छ ।
प्रहीले विराटनगर–१७ घर भएका श्यामल सेन गुप्तालाई प्रहरीले १६७ ग्राम सुनसहित पक्राउ गरेको हो ।

 


पक्राउ परेका गुप्ता भरिया रहेपनि सुन तस्करीका मुख्य कारोबारी भने खुलेको छैन । गुप्ताले दुध पु¥याउन जाने बहानामा सुन सीमा कटाउने गरेको सशस्त्र प्रहरीका एसपी तीर्थ पौडेलले जानकारी दिनुभयो ।

विराटनगरको दरैयाबस्ती हुँदै भारततर्फ लैजादै गरेको सुन सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट बखरीले बरामद गरेको हो ।

प्रहरीले बरामद गरेको सुन २७ लाख ६७ हजार मूल्य बराबरको हुन आउँछ । प्रहरीले बरामद सुनसहित गुप्तालाई विराटनगर भन्सार कार्यालय रानीमा बुझाउने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्