विराटनगर । विराटनगर महानगरपालिकामा थप २३ जनामा कोरोना भाइरस (कोेभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो पटक विराटनगरका दुईजना पत्रकारसहित २३ जनामा सक्रमण पुष्टि भएको हो ।
विराटनगर महानगरपालिका–१७ मा ७ जना, ३ मा १, ५ मा ४, ६ मा ३, ७ मा १, ८ मा ३, ९ मा २, १५ मा १ र १७ नम्बर वडामा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । एक संक्रमितको वडा खुलाइएको छैन ।
हिजो सोमबार दिउँसो नौ जनामा संक्रमण देखिएकोमा राति २३ जना थपिएपछि महानगरभित्र एकै दिन ३२ जनामा संक्रमण पुष्टि भएको महानगरको कोभिड शाखाले जानकारी दिइएको छ । महानगरमा संक्रमितको संख्या ३१३ जना पुगेको छ । जसमा २०६ पुरुष र १०७ महिला छन् ।
महानगरको वडा नम्बर ९ मा सबैभन्दा बढी संक्रमित भेटिएका छन् । हालसम्म विराटनगर–९ मा ५० जनामा संक्रमण पुष्टि भइसकेको छ । संक्रमितमध्ये त्यही वडाका दुई जनाको मृत्यु भइसकेको छ ।
हालसम्म विराटनगर–१२ मा ४१, ६ मा २९, ५ मा २४, ७ मा २४, ३ मा २२, २ मा १७, ११ मा १६, १० मा १५, १७ मा १५, १५ मा १४, ८ मा १४, ४ मा १२, १३ मा नौ, १४ मा छ, १, १६ र १८ मा एक÷एक जनामा संक्रमण देखिएको छ । विराटनगर– १९ मा हालसम्म कोरोना देखिएको छैन ।
महानगरले हालसम्म ३ हजार ९२९ जनाको पीसीआर परीक्षण गरिसकेको छ । संक्रमित मध्ये ९० वर्षीया वृद्धासहित ६९ जना उपचारपछि कोरोना जितेर डिस्चार्ज भएका छन् ।