विराटनगर । मोरङ सहकारी अस्पताल हस्पिटलको सेवा सुचारु भएको छ । अस्पतालमा कार्यरत ६ जनामा कोरोना संक्रमण पुष्टि भएपछि बन्द रहेको सेवा मंगलबार (आज) देखि पुनः सुचारु गरिएको हो ।
अस्पतालमा कार्यरत १०० जना कर्मचारी तथा स्वास्थ्यकर्मीको स्वाब परीक्षण गरिएको थियो । परीक्षण गरिएकामध्ये ६ जना बाहेक अन्य सबैको कोरोना भाईरस (कोभिड–१९) नेगेटिभ देखिएको थियो ।
अस्पतालका निर्देशक विकास अधिकारी अनुसार निर्मलीकरण र सेनिटाइजेशन गरेर अस्पतालको सेवा पुनः सुचारु गरिएको हो । बिरामीका लागि सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको सहकारी अस्पतालमा विशेषज्ञ चिकित्सकसहित सेवा रहेको छ ।