विराटनगर, साउन २९ ।
मोरंगको बुढीगंगामा आरती स्ट्रीप्टमा कार्यरत ३० मजदुरहरुमा कोरोना संक्रमण देखिएको छ । संक्रमित उद्योगकै आइसोलेशनमा रहेका छन् भने २ जना भने फरार रहेका छन् । त्यसगरी अन्य २ कर्मचारी भने घरमै आइसोलेशनमा रहेका छन् ।
फरार रहेका दुई जना भारतीय नागरिक रहेको खुलेको छ । उद्योग वरपरको क्षेत्रमा सर्वसाधारणलाई हिड्न समेत कडाइ गरिएको छ ।