वीपीमा संक्रमित एक महिलाको निधन

<span class='c1'>वीपीमा संक्रमित एक</span> <span class='c2'>महिलाको निधन</span>

विराटनगर । विराटनगरको न्युरो हस्पिटलबाट रेफर भई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत एक कोरोना संक्रमित महिलाको निधन भएको छ ।
विराटनगर निवासी ५० बर्षीया महिलाको उपचारको क्रममा शनिबार राती साढे १२ बजे निधन भएको प्रतिष्ठानका प्रबक्ता डा. निदेश सापकोटाले जानकारी दिनुभएको हो ।

पाँचदिन दिनदेखि अत्यधिक ज्वारो, खोकी, श्वास फेर्नमा समस्या भएको कारण उनलाई न्युरो अस्पताले शनिबार प्रतिष्ठान रेफर गरेको थियो । राती साढे ११ बजे प्रतिष्ठानमा भर्ना गरिएपछि उनको निधन भएको प्रवक्ता सापकोटाले जानकारी दिनुभयो ।

मृतक महिलालाई फोक्सोको समस्या, थाईराइडको समस्या र मुटुको उपचार दिल्लीमा भएको थियो । मृतकको शवको व्यवस्थापन गर्ने कार्य भईरहेको प्रवक्ता सापकोटाले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्