भारतसँग सीमा जोडिएका विराटनगर महानगरका वडामा कोरोना संक्रमणको प्रभाव न्यून

<span class='c1'>भारतसँग सीमा जोडिएका विराटनगर महानगरका</span> <span class='c2'>वडामा कोरोना संक्रमणको प्रभाव न्यून</span>

विराटनगर । प्रदेश १ को राजधानी विराटनगरमा पछिल्लो दुई हप्तायता ७ जनाको कोरोना भाईरस (कोभिड–१९) संक्रमणकै कारण मृत्यु भएको छ । महानगरमा ५६६ जना संक्रमित पुगिसकेका छन् । गत साउन ७ गतेयता मात्रै ५३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस अगाडीसम्म ३३ जना मात्रै संक्रमित थिए ।

महानगरमा समुदायस्तरमा कोरोना संक्रमण फैलनुमा खुल्ला सीमाबाट नेपाल र भारतमा आउजाउ प्रमुख कारण भएको भन्दै कतिपयले चिन्ता व्यक्त गरिएको पाइन्छ । तर, विराटनगर महानगरपालिमा भारतसँग सीमा जोडिएका दक्षिणी क्षेत्रका वडाहरुको अवस्थाले भने यो चिन्ता पुष्टि हुने कुनै आधार देखाउँदैन ।

विराटनगर महानगरपालिकाको १६, १७ र १८ नम्बर वडा भारतसँग सीमा जोडिएका छन् । यीमध्ये १६ नम्बर वडामा ३ किलोमिटर दुरी भारतसँग खुल्ला सीमा जोडिएको छ । विराटनगर १८ ढेड किलोमिटर र १७ एक किलोमिटर दुरी भारतसँग सीमा जोडिएको छ । तर, यीमध्ये १६ नम्बर वडामा हालसम्म एकजना पनि कोरोना संक्रमित छैनन् भने १८ मा एकजना मात्रै छन् । विराटनगर १७ मा १९ जना संक्रमित देखिएकामध्ये १७ जना अझै सक्रिय छन् ।

सीमा जोडिएका दक्षिणवर्ती क्षेत्रका नागरिकको पीसीआर परीक्षण पनि न्यून संख्यामा भएको छ । तर, यति मात्रै नभई सीमा जोडिएका वडामा राज्यको संयन्त्र केन्द्रीत हुँदा त्यहाँको जनजीवनले कोरोना विरुद्धको लडाईमा सचेतना समेत धेरै पाएको हुनसक्ने स्थानीयको बुझाई छ । विराटनगर महानगरमा हालसम्म पाँच हजार चानचुनको पीसीआर परीक्षण भएको कोभिड–१९ शाखाको तथ्यांकले देखाउँछ । तर, महानगर बाहेक कोशी अस्पतालमा संस्थागत सिफारिस र व्यक्तिगत उपस्थितिमा थप चार हजार भन्दा बढीले पीसीआर परीक्षण गराएका छन् ।

विराटनगर १६ का वडाअध्यक्ष मनोज सुब्बा अनुसार अहिलेसम्म यो वडामा एकजना पनि नागरिक कोरोना संक्रमित छैनन् । प्रदेश प्रहरी कार्यालय, तालिम केन्द्र र गणका प्रहरीहरुले विराटनगर–१६ ठेगाना लेखाएका कारण संक्रमित देखिएको दावी वडा अध्यक्ष सुब्बाको छ । प्रहरीका यी संरचना रहेको स्थान पनि विराटनगर १२ मा पर्ने वडा अध्यक्ष सुब्बाले जानकारी दिनुभयो ।
संघीय संरचना अनुसार फेरबदल हुँदा विराटनगर–१६ (साविक) बाट विराटनगर १२ मा परिणत भएको थियो । तर, प्रहरीहरुले विराटनगर–१६ ठेगाना लेखाउँदा वडाभरी संक्रमित मात्रै छन् भन्ने सन्देश गएको उहाँले बताउनुभयो ।

सीमा क्षेत्रको यो वडामा अहिले कडाईसँगै सचेतनामा विशेष ध्यान दिइएको छ । महानगरले लकडाउन घोषणा गर्नु अगाडी पनि कडाई नै रहेको अध्यक्ष सुब्बाको भनाई छ । म आफैं हिड्ने गरेको छु, स्वास्थ्य सचेतनामा वडा अध्यक्ष नै घरगाउँमा पुग्दा धेरैले कुरो बुझ्ने गरेका छन्, सुब्बाले भन्नुभयो–पीसीआर कतिजनाको परीक्षण भयो भन्ने यकिन तथ्यांक त छैन तर संक्रमित एकजना पनि छैनन् भन्ने तथ्यांक चाँहि छ ।

विराटनगरको १८ नम्बर वडा पनि सीमा क्षेत्रसँग जोडिएको वडा हो । वडाका कार्यवहाक अध्यक्ष राजदेव यादवका अनुसार अहिलेसम्म १ जनामा मात्रै कोरोना संक्रमण पुष्टि भएको छ । त्यो पनि निमोनिया देखिएको थियो, परीक्षण गराउँदै कोरोना निस्कियो, कार्यवहाक अध्यक्ष यादवले भन्नुभयो–त्यस बाहेक एकजनामा पनि कोरोना संक्रमण छैन । उहाँले सीमानाकामा धेरै नै कडाई गरिएको र अनावश्यक रुपमा घरबाट बाहिर निस्कनका लागि नागरिकलाई रोकिएको दावी गर्नुभयो । ढेड किलोमिटर क्षेत्र सीमासँग जोडिएको यो वडाका २० जनाको पीसीआर परीक्षण गरिएको यादवले जानकारी दिनुभयो ।

सीमासँग जोडिएको विराटनगर–१७ मा अहिलेसम्म १९ जना संक्रमित देखिएका छन् । यीमध्ये दुईजना डिस्चार्ज भएर घर फर्किसकेको वडा अध्यक्ष समिर कमरले जानकारी दिनुभयो । यो वडाका १५० जना नागरिकको पीसीआर परीक्षण गरिएको उहाँको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्