कोशीमा थप एकजना संक्रमितको मृत्यु

<span class='c1'>कोशीमा थप एकजना</span> <span class='c2'>संक्रमितको मृत्यु</span>

विराटनगर । कोशी अस्पताल विराटनगरको आईसोलेशन वार्डमा कोरोना संक्रमण पुष्टि भएका एकजना पुरुषको मृत्यु भएको छ ।
विराटनगर–८ मधुमारा निवासी ४७ वर्षीय पुरुषको उपचारका क्रममा सोमबार साँझ मृत्यु भएको हो ।

मोरङ कटहरी गाउँपालिका–१ स्थायी ठेगाना भएका मृतकलाई ज्वरो, खोकी र श्वासप्रश्वास समस्या भएपछि आइतबार बेलुका अस्पताल भर्ना गरिएको थियो ।

आईसोलेशन वार्डमा भर्ना गरेर स्वाब संकलन गरि परीक्षण गर्दा सोमबार बिहान कोरोना भाईरस (कोभिड–१९) पोजेटिभ देखिएको अस्पतालका सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिनुभयो ।
कोशीको आईसोलेशनबाट थप उपचारका लागि सोमबार साँझ कोशी कोभिड–१९ उपचार केन्द्रमा पठाउने तयारी भईरहेको बेला संक्रमितको मृत्यु भएको मेसु दासले जानकारी दिनुभयो ।

कोशीको आईसोलेशनमा यस अगाडी ७ जना संक्रमितको मृत्यु भईसकेको छ । मोरङमा मात्रै ११ जनाको मृत्यु भईसकेको छ ।
विराटनगर ९ का २ जना, १०, १५, ३, २, ५ वडाका १–१ जना र मोरङ रंगेलीका १, सुनवर्षी, बुढीगंगा गाउँपालिकालका १ जनाको मृत्यु भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्