विराटनगर । विराटनगरमा मंगलबार एकैदिन ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार थपिएका सहित महानगरमा अहिलेसम्म ६९१ जना संक्रमित पुगेका हुन् । जसमध्ये हालसम्म ९३ जना डिस्चार्ज र ८ जनाको मृत्यु भईसकेको छ ।
सामाजिक विकास मन्त्रालका अनुसार विराटनगर ८ र ११ मा १२–१२ जनामा कोरोना पुष्टि भएको छ । त्यस्तै १, २, ३, ५, ९ १५ र १६ नम्बर वडामा १–१ जना संक्रमण देखिएको छ ।
त्यसबाहेक विराटनगर–६ मा ३ जना, ७ मा २ जना, १० मा ४ जना, १२ मा ५ जना र १४ मा २जना संक्रमित थपिएका हुन् ।
४४ जना प्रहरी तथा दुई वडामा १२–१२ जनासहित एकैदिन ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
मंगलबार संक्रमण देखिएकामध्ये ४४ जना नेपाल प्रहरी रहेको बताइएको छ । १० जना महिला प्रहरीसहित बाँकी पुरुषको संख्यामा कोरोना संक्रमण पुष्टि भएको स्रोतले बताएको छ ।