विराटनगरमा ५२ सहित प्रदेश १ मा १२३ संक्रमित थपिए

<span class='c1'>विराटनगरमा ५२ सहित प्रदेश १</span> <span class='c2'>मा १२३ संक्रमित थपिए</span>

विराटनगर । विराटनगरमा बुधबार ३२ पुरुष र २० महिला गरि ५२ जना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टा भित्र प्रदेश १ मा आज १२३ जना कोरोना संक्रमित थपिएकामध्ये मोरङका ६७ जना रहेका हुन् । त्यसमा विराटनगरका ५२ जनामा संक्रमण पुष्टि भएको हो ।

बुधबार प्रदेश १ मा ३३ महिला र ९० पुरुष छन् । मोरङमा ६७, सुनसरीमा ३७, झापामा १६, पाँचथरमा १ र भारत २ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मोरङको रंगेलीमा ५ महिला ४ पुरुष, बुढीगंगामा १ महिला १ पुरुष, कटहरीमा १ महिला, धनपालथान, कानेपोखरी र मिक्लाजुङमा १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

मन्त्रालयका अनुसार सुनसरीको हरिनगरमा १२ पुरुष १ महिला, दुहवीमा ८ पुरुष ३ महिला, बर्जुमा ४ पुरुष १ महिला, इटहरीमा ४ पुरुष, धरान र रामधुनीमा २–२ पुरुष, झापाको दमकमा ८, भद्रपुरमा ३, विर्तामोड, कचनकवल र कमल गाउँपालिकामा १–१ पुरुषको रिपोर्ट पाजेटिभ आएको छ । झापाका २ र पाँचथरका १ पुरुषको स्थानीय तह नखुलेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । आज संक्रमण पुष्टी भएकामा भारतका १ महिला र १ पुरुष रहेका छन् ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या २ हजार ३५५ पुगेको छ । प्रदेश १ मा आज २ जना डिस्चार्ज भएका छन् मेची अञ्चल अस्पताल धाईजन आईसोलेसन केन्द्रबाट झापाका २ जना डिस्चार्ज भएका छन् । प्रदेश १ बाट १ हजार १ सय ३५ जना डिस्चार्ज भएका छन् ।

प्रदेश १ मा आज १ हजार ९ सय ४१ जनाको पीसीआर परीक्षण गरिएको छ । हाल सम्म ७२ हजार ४६ जनाको पीसीआर परक्षिण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्