धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । सिरहाको भदैया ६ घर भएका ८४ वर्षीय पुरुषको शुक्रबार राति करिब साढे ११ बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए ।
उनलाई उपचारका लागि भदौ ६ गते धरान ल्याइएको थियो । शवको ब्यबस्थापन नियमानुसार हुदै गरेको प्रतिष्ठानले जनाएको छ I