राष्ट्रपति विद्यादेवी भण्डारीले भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधनबाट आफू मर्माहत भएको बताउनुभएको छ ।
उहाँले ट्विट गर्दै नेपाली जनता, नेपाल सरकार तथा आफ्नो व्यक्तिगततर्फबाट भारतीय जनता, भारत सरकार र शोकाकूल परिवारप्रति समवेदना व्यक्त गर्नुभएको छ । “उहाँको निधनबाट नेपालले एक असल मित्र गुमाएको छ”, ट्विटमा उल्लेख छ ।
यसै गरि प्रधानमन्त्री केपी शर्मा ओलीले पनि ट्विट गर्नु हुँदै मुखर्जीमा श्रद्धान्जली व्यक्त गर्दै भारतीय जनताप्रति समवेदना प्रकट गर्नु भएको छ ।