काठमाडौंमा सुन किन्न बोलाएर लुटपाट गर्ने समूहका पाँच जना पक्राउ

<span class='c1'>काठमाडौंमा सुन किन्न बोलाएर लुटपाट</span> <span class='c2'>गर्ने समूहका पाँच जना पक्राउ</span>

काठमाडौं । प्रहरीले काठमाडौंको कपनमा सुन किन्न बोलाएर लुटपाट गर्ने समूहका पाँच जनालाई पक्राउ गरेको छ ।

बिहीबार साँझ सुन किन्न बोलाएर साथमा बोकेको पैसाको झोला खोसेर भाग्ने समूहका योजनाकारसहित पाँच जनालाई अपराध महाशाखा र प्रहरी वृत बौद्धको सयुक्त टोलिले हिजो पक्राउ गरेको हो ।पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसेका ३२ वर्षीय विष्णु थापा, जुगलका २७ वर्षीय मेखबहादुर तामाङ, २८ वर्षीय रुवेन लामा गोले, २३ वर्षीय आकाश स्याङ्वो र सर्लाही हरिवन घर भइ कपन बस्ने विशाल लामा छन् ।

कपनस्थित आनीगुम्बा नजिकै ‘सुन किन्न’ गएका उदयपुर चौदण्डीका निराहाङ राई लुटिएका हुन् । लुटेरा समूहले उनको साथमा रहेको १३ लाख ५० हजार लुटेका थिए ।सस्तोमा सुन बेच्ने लोभमा पारेर लुट्ने समूहका मुख्य योजनाकार रुवेन लामासँग ३७ वर्षीय निराहाङले सुन किनबेचको योजना मिलाएका थिए ।

सानो टुक्रा सक्कली सुन देखाएर विश्वासमा पारेपछि रुवेनले पैसा लिएर गुम्बानजिक बोलाएका थिए ।गुम्बानजिक पुग्नासाथ रुवेनको समूहका चारजनाले निराहाङको साथमा रहेको झोला खोसेर भागेको थियो ।लुटेको पैसाले सो समूहका मेखबहादुरले पल्सर मोटरसाइकल किनेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

सो समूहले चोरी गरेर लुकाई राखेको ८ लाख ७५ हजार नगद र मोटसाइकल बरामद गरिएको महानगरीय अपराध महाशाखा प्रमुख दीपक थापाले जानकारी दिनुभएको छ ।

लुटपाटमा संलग्न मध्ये सिन्धुपाल्चोक बाह्रबिसे घर भएका ३२ वर्षीय सुजन बिक भने फरार छन् । प्रहरीले फरार बिकको खोजी गरिरहेको जनाएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्