भारतका गृह मन्त्री शाह अस्पताल भर्ना

<span class='c1'>भारतका गृह मन्त्री</span> <span class='c2'>शाह अस्पताल भर्ना</span>

भारतका संघीय गृह मन्त्री अमित शाह नयाँ दिल्लीस्थित एम्स अस्पतालमा अस्पताल भर्ना हुनुभएको छ ।

पूर्ण स्वास्थ्य परीक्षणका लागि उहाँलाई अस्पताल भर्ना गरिएको अधिकारीहरुले आइतबार जानकारी दिएका छन् ।

उहाँलाई गत अगस्टको २ तारिखमा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको थियो । त्यसपछि कोरोना नेगेटिभ देखिएपछि उहाँलाई अगस्ट १४ मा डिस्चार्ज गरिएको थियो । त्यसपछि लगातार उच्च स्वास्थ्य निगरानीमा रहनु भएका शाह त्यतिबेलाको सङ्क्रमणको अन्तिम परीक्षणका लागि अहिले फेरी अस्पताल भर्ना हुनुभएको हो ।

संसदको नयाँ अधिवेशन शुरु हुनु अगाडि उहाँको पूर्ण स्वास्थ्य परीक्षण गर्न लागिएको भारतीय अधिकारीहरूले बताएका छन् ।

“गृह मन्त्री शाहलाई यसअघि गत अगस्त ३० मा अस्पतालबाट उहाँको निवासमा पठाइएको थियो, अहिले फेरी उहाँलाई भर्ना गरिएको छ,” अस्पतालद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्