कार्यालय सहयोगीहरुलाई जीवनरक्षा तालिम सुरु

<span class='c1'>कार्यालय सहयोगीहरुलाई जीवनरक्षा</span> <span class='c2'>तालिम सुरु</span>

काठमाडौं। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न मन्त्रालयका कर्मचारीलाई लक्षित गरी आधारभूत जीवन सहायता (बीएलएस) सम्बन्धी एकदिने तालिम आजदेखि सुरु गरेको छ।

राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र, टेकुले आर्थिक वर्ष २०८३/८४ को वार्षिक कार्यक्रमअन्तर्गत सरकारी कर्मचारीलाई आकस्मिक अवस्थामा जीवन बचाउन आवश्यक व्यावहारिक सीप प्रदान गर्ने उद्देश्यले तालिम सञ्चालन गरेको हो। तालिममा कार्डियोपल्मोनरी रिससिटेसन (सीपीआर), चोकिङ हुँदा अपनाउनुपर्ने प्राथमिक उपाय तथा अन्य जीवनरक्षासम्बन्धी सीप सिकाइनेछ। आकस्मिक अवस्थामा तत्काल र सही प्रतिक्रिया दिन सक्ने क्षमता विकास गर्नु तालिमको मुख्य उद्देश्य रहेको छ।
मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित विभिन्न मन्त्रालयलाई पत्राचार गरी तालिममा कर्मचारी सहभागी गराउन अनुरोध गरेको थियो। आज देखि २९ गतेसम्म चार चरणमा सञ्चालन हुने तालिममा सम्बन्धित मन्त्रालयका कार्यालय सहयोगी, पीएसओ तथा सोही प्रकृतिका कर्मचारी र राजपत्र अनंकित प्रथम तथा द्वितीय तहका कर्मचारी सहभागी हुनेछन्।

प्रत्येक मन्त्रालयबाट प्रत्येक चरणमा एक जना कर्मचारी सहभागी गराउने व्यवस्था गरिएको छ। तालिम राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र, टेकुमा बिहान ९ बजेदेखि सञ्चालन भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्