विराटनगर–धरान छ लेन सडकमा नेपाली कामदारलाई दक्ष बन्ने अवसर

<span class='c1'>विराटनगर–धरान छ लेन सडकमा नेपाली</span> <span class='c2'>कामदारलाई दक्ष बन्ने अवसर</span>

विराटनगर । रानी–विराटनगर–इटहरी–तरहराको छ लेन सडक आयोजना अन्तर्गत निर्माणको कामका लागि लकडाउन अगाडी ५० प्रतिशत भारतीय कामदार कार्यरत थिए । सरकारको चैत ११ गते लकडाउन घोषणासँगै निर्माण कम्पनिहरुले काम बन्द गरेपछि भारतीय कामदारमध्ये ९५ प्रतिशत भारत नै फर्किसकेका छन् ।

लामो समय काम अवरुद्ध हुने देखिएपछि फर्किन बाँकी र निर्माणमा दक्ष मानिएका ५ प्रतिशत कामदार पनि विस्तारै भारत फर्किसकेपछि सरकारले चैत ३० गते पूर्वाधार निर्माणको कामलाई स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै निरन्तरता दिने निर्णय गरेको थियो ।
सरकारको निर्णयसँगै मातहतका निकायमा परिपत्र गरेपछि छ लेन सडक विस्तार आयोजनासँग ठेक्का सम्झौता गरेका निर्माण कम्पनिहरुले दक्ष कामदार अभावमा समस्या हुने गुनासो गरेपनि काम भने रोकेनन् । ठूला पूर्वाधार आयोजनामा निर्माणका ठूला औजार बुलडोजर चलाउने, कालोपत्रे गर्ने र डण्डी फर्मा बनाउन योग्य कामदार प्रायः भारतीय नै हुने गरेको निर्माण कम्पनिहरुका प्रतिनिधिहरु बताउँछन् ।

टुण्डि–रमण निर्माण सेवाका निर्देशक कृष्ण बोहराका अनुसार कम्पनिले ४५० कामदार परिचालन गरेकामध्ये २५० भारतीय मजदुर नै थिए । अहिले ती भारतीय कामदारमध्ये १ प्रतिशत मात्रै टुण्डि रमणमा रहेका छन् ।
भारतीय कामदार तथा मजदुरहरु नेपाल फर्किसकेका छैनन् । बैशाख, जेठ र असारमा हामीले धेरै नेपाली कामदार तथा मजदुरलाई दक्ष बनाएका छौं, कान्छा–राम कन्ट्रक्सनका प्रवन्धक दिपक थिङ्गले भन्नुभयो–भारतीय कामदार तथा मजदुर घर फर्कदाँ पनि काम रोकिने अवस्था छैन ।

लामो समयसम्म नेपालको निर्माण क्षेत्रमा काम गर्दै आएका नेपाली कामदारलाई नै निर्माण कम्पनिहरुले कामको जिम्मेवारी दिएका कारण भारतीय कामदारले गर्दै आएको काम नेपाली कामदारले सम्हाल्न सक्ने भएको थिङ्गको दावी छ । मेरो कम्पनिले सव–इन्जिनियरलाई नै परिचालन गरेर बुल डोजर चलाउन र डण्डी फर्मा बनाउने नेपाली कामदार उत्पादन गरेको छ, कान्छारामका थिङ्गको दावी छ–अब नेपाली कामदारलाई नै परिचालन गर्न सकिन्छ ।

भारत फर्केका मजदुर सीमा बन्दका कारण फर्कन नपाउने तर ठेक्का सम्झौता गरेको निर्माण कार्यलाई निरन्तरता दिनुपर्ने भएपछि दक्ष कामदारको अभाव हटाउन निर्माण कम्पनिहरुले नेपालीलाई नै कामको जिम्मेवारी दिएका हुन् ।
कान्छाराम कन्ट्रसनले परिचालन गर्ने झण्डै २०० कामदारमध्ये ५० प्रतिशत भारतीय थिए । साउनपछि निर्माणको काम एक महिनासम्म रोकिदाँ नेपाली कामदार घर फर्केर पुनः काममा फर्कन थालेका छन् ।


लकडाउनले प्रभावित भएपनि निर्माण क्षेत्रमा आवश्यक जनशक्ति थोरै संख्यामा भएपनि उत्पादन भएका हुन् । आशिष निर्माण सेवाका निर्देशक सागर बरालका अनुसार इटहरी–धरान सडक खण्ड अन्तर्गत इटहरी–तरहराको तीन किलोमिटर दुरीमा अहिले पनि काम भईरहेको छ । कालोपत्रेका लागि पहिले भारतीय मजदुर खटिने गरिएको भएपनि अहिले नेपाली मजदुर नै परिचालन गरिएको छ ।

आशिषका प्रवन्धक बरालका अनुसार सुरुमा केहि असहज भएको थियो । बैशाखभर असहज भएपनि जेठ लागेसँगै नेपाली कामदारले भाका टिपेको उहाँको दावी छ । वर्षौंदेखि काम गरिरहेका तर अवसर नपाएकाहरुले अहिले दक्ष हुने अवसर पाएसँगै पूर्वाधार निर्माण क्षेत्रमा नयाँ अनुहारका नेपाली कामदारको संख्या समेत थपिने आशा निर्माण कम्पनिहरुले राखेका छन् ।
बैशाख, जेठ र असार मसान्तसम्म निर्माण कम्पनिहरुले नेपाली कामदार तथा मजदुरकै भरमा निर्माणको काम गरेका थिए । त्यो बाध्यताले अहिले खुशी ल्याएको छ, सुनसरीको खनार क्षेत्रमा सडकको टप लेयर कालोपत्रेको काम गरिरहेको टुण्डि–रमणका निर्देशक बोहराले भन्नुभयो–कम्तिमा केहि संख्यामा भएपनि नेपाली कामदार दक्ष भएका छन् ।


रानी–धरान ४९ किलोमिटर सडकमध्ये रानी–तरहराको ३४ किलोमिटर दुरीमा काम हुँदै आएको छ । चैत अगाडी नै १८ किलोमिटर दुरीको सडक कालोपत्रे सकिएको थियो । रानी–चतराको बाँकी १६ किलोमिटर दुरीको सडकको काम बैशाख–साउनको अवधीमा ४ किलोमिटर सम्पन्न भएको आयोजनाका प्रमुख बद्रीप्रसाद शर्माले भन्नुभयो । उहाँका अनुसार तरहरा–धरानको साढे नौ किलोमिटर दुरीको समेत असारमा ठेक्का लागिसकेको छ ।
सडक आयोजनाले १४ वटा सडक प्याकेज र एउटा पुलको प्याकेज तयार गरेर ठेक्का लगाएको थियो । गत आर्थिक वर्षदेखि दुहवी खोलाको पुलको निर्माण समेत सुरु भईसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्