१५ कामदारलाई कोरोना संक्रमण पुष्टि भएपछि कटहरीको एमटेक मेड प्रालि बन्द

<span class='c1'>१५ कामदारलाई कोरोना संक्रमण पुष्टि भएपछि</span> <span class='c2'>कटहरीको एमटेक मेड प्रालि बन्द</span>

विराटनगर । कामदारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि मोरङको कटहरी गाउँपालिकास्थित एमटेक मेड प्रालि बन्द भएको छ । उद्योगका सञ्चालक मनिष अग्रवालले उद्योग बन्द भएको गरिएको जानकारी दिएका हुन् ।

‘उद्योगका १ सय ८० कामदारको पीसीआर परीक्षण गराउँदा १५ जनालाई कोरोना भाइरस पोजिटिभ देखिपछि उद्योग बन्द गर्नुपर्ने अवस्था आएको हो । बन्द उद्योगलाई डिसइन्फेक्टेड ९निर्मलीकृत० गर्ने काम भइरहेको छ। सबैतिर डिसइन्फेक्टेड गरेपछि मात्रै उद्योग चल्नेछ ।

कारखाना निर्मलीकृत गरेपछि नेगेटिभ रिपोर्ट आएका कामदारलाई बोलाएर सञ्चालन गरिने उनको भनाइ छ।

उद्योगी अग्रवालले संक्रमित १५ जनामध्ये एक जनालाई श्वासप्रश्वासमा गाह्रो भएको हुँदा कोशी अस्पतालको कोभिड अस्पताल युनिटमा भर्ना गरिएको जानकारी दिए। उनको अवस्था सामान्य रहेको पनि उनले बताए। ‘बाँकी घरमै बसेका हुन् ।
कटहरी गाउँपालिकाका प्रशासकीय अधिकृत गणेश कार्कीले गाउँपालिका क्षेत्रमा एम टेक मेडबाहेक कुनै उद्योग कोभिडकै कारणले हालसम्म बन्द नभएको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्