खोरबाट उद्धार गरिए मगर

<span class='c1'>खोरबाट उद्धार</span> <span class='c2'>गरिए मगर</span>

विराटनगर । राष्ट्रिय मानव अधिकार आयोग प्रदेश कार्यालय विराटनगरको टोलिले मोरङको उर्लाबारीका एकजना पुरुषलाई उद्धार गरिएको छ । चार महिनादेखि खोरमा थुनिएका पुरुषलाई मंगलबारे युवा क्लबको समन्वयमा आयोगले उद्धार गरेको हो ।

प्रदेश कार्यालयबाट गएको अनुगमन टोलीले फलामे खोरमा थुनिएका टेकबहादुर आले मगरलाई उद्धार गरेको थियो । उर्लाबारी–९ घर भएका ४१ वर्षीय आले मगरको मानसिक अवस्था ठिक छैन । स्वास्थ्य अवस्था कमजोर भएपछि परिवारका अन्य सदस्यले फलामे खोरमा थुनेर राखेको सूचना पाएपछि पुगेको आयोगको टोलीले उनलाई थुनामुक्त गरेको हो ।

आयोगको प्रदेश कार्यालयकी सूचना अधिकारी एवं मानव अधिकार अधिकृत गीताकुमारी दाहालको नेतृत्वको टोलीले आले मगरको उद्धार गरी उपचारका लागि धरानस्थित बीपी कोइराला प्रतिष्ठानमा भर्ना गरिएको छ ।

उनको उपचार निशुल्क गर्न अस्पताल प्रशासनसँग समन्वय भैरहेको अधिकृत दाहालले जानकारी दिइन् ।

आर्थिक अभावका कारण उनको उपचार गर्न नसकेर आँगनमा फलामे खोर बनाएर थुनेको परिवारका सदस्यहरुले अनुगमन टोलीलाई बताएका थिए । उनी १४ बर्षदेखि विरामी रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्