अर्किड कलेजद्धारा एक अपङगता परिवारका सदस्यलाई निशुल्क कक्षा १२ सम्म पढाउने

<span class='c1'>अर्किड कलेजद्धारा एक अपङगता परिवारका सदस्यलाई</span> <span class='c2'>निशुल्क कक्षा १२ सम्म पढाउने</span>

विराटनगर । विराटनगर १० मा रहेको अर्किड कलेजद्धारा सामाजिक दायित्व बहन गर्दै एक आर्थिक विपन्न तथा अपाङगता भएका एक परिवारका सदस्यलाई निशुल्क पढाउने भएको छ ।

[caption id="attachment_126211" align="alignnone" width="756"] अर्किड कलेजले दिपक दर्नालकी छोरी दिव्या दर्नाललाई निशुल्क पढाउने भएपछि कलेजमा भर्ना गर्न ल्याउदै ।
तस्वीर ः प्रेम देवान[/caption]

विराटनगर १४ गौसला चौकमा बस्दै आएका दिपक दर्नालकी छोरी दिव्य दर्नाललाई कक्षा ११ र १२ सम्म निशुल्क पढाउन लागेको हो । कलेजले समाजमा शिक्षा क्षेत्रको योगदान सँगसँगै सामाजिक दायित्वको वहन गर्दै शारिरक रुपमा अशक्त भएका परिवारका सदस्यलाई निशुल्क २ वर्ष सम्म पढाउन लागेको कलेजका प्रिन्सपल  दिपेश बास्तोलले जानकारी दिनुभयो । सरकारले तोकेको परीक्षा शुल्क बाहेक अन्य पढाईको लागी सबै निशुल्क गर्ने बास्तोलाले बताउनुभयो ।
आर्थिक विपन्न तथा शारिरीक अशत्त भएका कारण दिपक दर्नाल भारतको जोगबनीबाट ट्राइलसाइकलमा सामान ल्याएर विराटनगरको बजारमा ल्याएर बेच्न काम गर्दै आएकाथिए । तर कोरोना कारण अहिले सिमा नाका बन्द छ । त्यही जोगबनीबाट ल्याएको सामान बेचेर परिवारको रेखदेख गर्दै आएका छन् । तर अहिले सिमा नाका बन्द भएका कारण पेशा परिवर्तन गर्न वाध्य भएका छन् । अहिले दर्नालले घरमा अगरबन्ती बनाएर बेच्दै परिवारको पालनपोषण गर्दै आएका छन् । कलेजले आफ्नी छोरीको लागी कक्षा ११ र १२ पढाई दिँदा धेरै खशी लागीको बताए ।


यता एसइइपछि कक्षा ११ र १२ पढ्न पाँउदा धेरै खुशी लागेको दिपककी छोरी दिव्य दर्नालले आफ्नो अनुभव सुनाईन् । ‘बुबाको अवस्था हेरेर मलाई कक्षा १२ सम्म निशुल्क पढ्ने मौका दिएको छ कलेजलाई विशेष धन्यवाद दिन चाहान्छु।’ कोरोना कहरले गर्दा ६ महिना सम्म मुलुकभरका शैक्षिक गतिविधी बन्द थिए । तर सरकारले असोज एक गते केही स्वास्थ्य मापदण्ड अपनाउदै कक्षा ११ को भर्ना अभियान खुला गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्