नेपाल स्काउट प्रदेश नं. १ का स्काउटरहरुले विराटनगरमा निःशुल्क मास्क तथा जनचेतनामुलक पम्पलेट वितरण सुरु गरेका छन् ।
पछिल्लो समय बढदै गएको कोरोना संक्रमणको दर न्युनीकरण गर्न स्काउटरहरुले आईतबारदेखि मास्क तथा जनचेतनामुलक पम्पलेट वितरण सुरु गरेका हुन् । आईतबार जनचेतनामुलक कार्यक्रमको पहिलो दिन विराटनगरस्थित वडा प्रहरी कार्यालय ‘क’ देखि ट्राफिक चौकसम्मको क्षेत्रमा मास्क नलगाएका सर्वसाधारण तथा व्यापारी व्यावसायीहरुलाई निःशूल्क मास्क तथा पम्पलेट वितरण गरिएको छ ।
चाडबाड नजिकिँदै गएका कारण बजार क्षेत्रमा भीडभाड बढन थालेपनि आम नागरिक अझै सचेत नभएकाले केन्द्रको सर्कुलर बमोजिम सचेतनामुलक अभियानको थालनी गरिएको स्काउट मास्टर रवि खनालले जानकारी दिनुभयो । उहाँका अनुसार नेपाल स्काउटको केन्द्रिय कार्यालयले गरेको निणर्य बमोजिम प्रदेश नं. १ को प्रत्येक शहरमा उक्त अभियान विस्तार गरिनेछ ।
प्रदेश नं. १ का स्काउटरहरुले आईतबार अभियानको पहिलो दिन भने १ हजार मास्क तथा सचेतनामुलक पम्पलेट वितरण गरेका छन् ।