विराटनगर अस्पतालबाट हामफाल्दा एक बिरामीको मृत्यु

<span class='c1'>विराटनगर अस्पतालबाट हामफाल्दा</span> <span class='c2'>एक बिरामीको मृत्यु</span>

मुनालपथ स्थिति विराटनगर अस्पतालको दुई तलामाथिबाट हाम्फालेका एक बिरामीको मृत्यु भएको छ ।
फोक्सोमा समस्या देखिएर आईसीयूमा उपचाररत रहेका मोरङको मिक्लाजुङ गाउँपालिका वडा नम्बर ३ का ५३ वर्षीय अमृत गजमेरको मृत्यु भएको हो । असोज १७ गते अस्पताल भर्ना भएका उनी आईसीयूबाट गर्मी भएको बहाना बनाउँदै बाहिर निस्किए पछी आज सोमबार बिहान ५ः३० बजेतिर दुई तलामाथिबाट हामफालेको जानकारी अस्पतालले प्रहरीलाई गराएको छ ।

हामफालेर गम्भीर घाइते भएका उनलाई उद्धार गरेर उपचारका लागि आईसीयूमा भर्ना गरेपश्चात उपचारका क्रममा आजै बिहान ९ बजेतिर मृत्यु भएको थियो। घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्