ब्राउनसुगर सहित नगद ७४ हजारको साथमा रुपा पक्राउ

<span class='c1'>ब्राउनसुगर सहित नगद ७४</span> <span class='c2'>हजारको साथमा रुपा पक्राउ</span>

विराटनगर । झापाको दमक ९ दिपज्योती उराउ टोल बस्ने ३० बर्षीया रुपा चौधरी भण्डारी लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित पक्राउ परेकी छीन । उनलाई सोमबार विहान साढे ११ बजे ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

रुपाले आफ्नै घरबाट ब्राउनसुगरको किनबेच गर्ने गरेको विशेष सुराकका आधारमा खटिएको प्रहरी टोलीले उनको घरमा खानतलासी गरेको थियो । खानतलासी गर्ने क्रममा पलङमुनि लुकाईछिपाई छुट्टाछुटै ५ वटा प्लाष्टिकको पोका बनाई राखेको अवस्थामा ३५ ग्राम खैरोहिरोईन ब्राउनसुगर र नगद ७४ हजार ६ सय १५ रुपैया समेत फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । यसरी लागुऔषध सहित पक्राउ परेकी रुपा उपर ईलाका प्रहरी कार्यालय दमकबाट थप अन
ुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको प्रदेश प्रहरी कार्यलय विराटनगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्