विराटनगर । सुन्दा अचम्म लाग्न सक्छ । होम ट्युसन पढाउने शिक्षकले ५ वर्षीया बालिकामाथी करणी प्रयास गरेको भन्दा । हो मुलुकमा बलात्कार घटना एकपछि अर्को गर्दै घटिरहेको बेला विराटनगरमा पनि एउटा यस्तै पत्याउनै नसकीने घटना घटेको छ । घटना विराटनगर महानगरपालीका वडा नम्बर १६ स्थित दरैया बस्तीको हो । हाल कोरोना भाइरसको कारण स्कुलहरु बन्द भएको बेला कतिपय अभिभावकहरुले होम ट्युसन पढाउदै आएका छन् । त्यही होम ट्युसन पढाउने एक शिक्षकले ५ बर्षिया बालिका माथी यौन दुर्व्यवहार गरेको घटना बाहिरेको छ ।
विराटनगर १६ दरैयाबस्तीका २१ बर्षिय विवेक भनिने गौरब साहले आफुले ट्युसन पढाउदै आएकी एक ५ बर्षीया बालिकामाथी शनिबार यौनदुव्र्यहार गरेको बालिकाका अभिभावकले बताएका छन् । साहले चार जना बालबालिकालाई वैशाखदेखि घरमै गएर ट्युसन पढाउँदै आएका थिए । ४ जना मध्ये एक ५ बर्षिया बालिकालाई होमवर्क नगरेको बहाना बनाउदै सरले नराम्रो कार्य गर्ने गरेको बालिकाले सुनाईन् । बालिकाले भनिन् दादाहरुलाई कान समाएर कुखुरा बनाउदै खाटमुनि राख्ने र आफुलाई खाटमाथी राखेर सुरवाल खोलेर औला र पेन्सिल घुसाईदिने गरेको ती पिडित बालिकाले सुनाईन् ।
साहले ती बालिकासँगै अन्य ३ बालकलाई पढाउदै आएका थिए । साहले ४ , ९ र ११ वर्षकालाई बालकलाई पढाउदै आएका थिए । ट्युसन पढाउने सरले दिनदिनै खाटमुनि आफुहरुलाई राख्ने अनि बैनीलाई नराम्रो काम गरेको ती बालिकाकी दाईले देखे । बैनीले रुदै दुख्छ भनेको सुनेर खाटमुनीबाट लुकेर हेर्दा सरले बैनीलाई नराम्रो काम गरेको देखेपछि ११ बर्षिया दाजुले आमालाई सुनाए । तर आमाले हैन होला भनेर विस्वास नै गरिनन्।
आफ्नी बैनी माथी यस्तो अवद्र व्यावाहर भएको देखेर आमाले पनि विस्वास नगरेपछि ११ बर्षिय बालकले जुक्ती लगाए । आफुले भनेको कसैले नपत्याएपछि उनले डेरामा नै बस्ने एक जना दिदिको मोवाईल मागेर बैनीलाई अभद्र व्यवहार गर्ने शिक्षकको फर्दाफास गर्ने निर्णय गरे । उनलाई सहयोग गर्न उनीसँगै ट्युसन पढ्ने ९ बर्षिय बालकले पनि सहयोग गरे । उनीहरुले खाट छेउको टेवलमाथी राखेको ड्रममा भिडियो अन गरेर मोवाईल लुकाए । साह सधैको समयमा ट्युसन पढाउन आए । साहले बेलुका ३ बजेदेखी ४ बजे सम्म हरेक दिन ट्युसन पढाउने गर्दथे । साहले सधै झै बालकहरुलाई कुखुरा बनाउदै खाटमुनि राखेर बैनीलाई पुन अरुबेलाको जस्तो नराम्रो व्याहार गरेको उनीहरुले खाटमुनीबाट चिहाएर हेर्ने गरेको बालकहरुले सुनाए ।
तर उनीहरुले बैनीलाई यौनदृव्यहार गर्ने शिक्षकको भिडियो बनाउने बारे बैनीलाई सुनाएका थिएनन् । तर भिडियो बनाइसकेपछि मात्र प्रमाण जुटाउनको लागी उनीहरुलाई ढुक्क भयो । साहले सधै गरेको नराम्रो गतिविधी मोवाईलमा रेकर्डिङ भईरहेको थियो । साहले गत शनिबार ट्युसन पढाईसकेर घर गए । आफुहरुलाई ट्युसन पढाउने शिक्षक घर गएपछि आमालाई भिडियो देखाएपछि मात्र वास्तविक घटना बाहिरीएको थियो ।
पटक पटक सरले बैनीलाई यस्तो नराम्रो कार्य गरेको देखेर भिडियो बनाउने आईडिया चाही कसरी आयो भनेर सोध्दा उनले फिल्ममा हेरेको कुरालाई सिकेर आईडिया आएको बालिकाकी दाईले सुनाए ।
यता बालिकाकी आमाले सुरुमा नपत्याएको तर भिडियो हेरिसकेपछि मात्र आफुलाई वास्तविक घटनाबारे थाहा भएको बालिकाकी आमाले सुनाईन् । लकडाउनको बेला छोराछोरीलाई होमट्युसन पढाउदै आएको थिए आमाले भनिन् । मासिक १५ सय ट्युसन फि दिदै आएको उनले सुनाईन् । भिडियो हेरिसकेपछि तत्काल स्थानिय जनप्रतिनीधी स्थानियवासीले प्रहरीलाई खबर गरेर पक्राउ गराईसकेका छन् । तर यहाँ सम्मको घटना मुलुकमा यस्ता खालका घटीरहेको बेला आफ्नी छोरी माथी यस्तो निच व्यवहार गर्नेलाई हदै सम्मको कारबाही गर्नुपर्ने पिडितकी आमाले बताईन् ।
बालिकामाथी जबरजस्ती बलात्कार गर्ने साहलाई ईलाका प्रहरी कार्यालय रानी विराटनगरले नियन्त्रणमा लिईसकेको छ । नियन्त्रणमा लिएका साह विरुद्ध किटानी जाहेरी परिसकेको र अदालतबाट म्याद थपगरी कारबाहीका लागी अगाडी बढाएको ईलाका प्रहरी कार्यलय रानी विराटनगरका प्रहरी निरीक्षक दिपक थापाले बताउनुभयो ।