झापाको प्लाज्मा बैंकलाई ११ लाख सहयोग

<span class='c1'>झापाको प्लाज्मा बैंकलाई</span> <span class='c2'>११ लाख सहयोग</span>

नेपाल रेडक्रस सोसाइटी झापाले स्थापना गरेको प्लाज्मा बैंकलाई एकका लागि एक अभियानले रु. ११ लाख आर्थिक सहयोग गरेको छ । यसअघि अभियानले रु. एक करोडको लगानीमा कनकाई नगरपालिकास्थित कोटीहोममा पिसिआर प्रयोगशाला स्थापना गरी मेची अञ्चल अस्पताललाई हस्तान्तरण गरेको थियो ।

पिसिआर ल्याब स्थापनाको सफलतापछि कोरोना सङ्क्रमितका लागि प्लाज्मा थेरापी गर्न स्थापना गरेको प्लाज्मा बैंक सञ्चालनमा अभियानले सो रकम सहयोग गरेको हो । सोमबारदेखि रेडक्रसको विर्तामोड कार्यालयमा सञ्चालनमा आएको बैंकमा तीन जनाले प्लाज्मा दान गरेको नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्