विराटनगरको गुरुकुलमा नाटक निर्देशन कार्यशाला

<span class='c1'>विराटनगरको गुरुकुलमा नाटक</span> <span class='c2'>निर्देशन कार्यशाला</span>

विराटनगर । आरोहण गुरुकुल विराटनगरमा नाटक निर्देशन कार्यशाला सुरु भएको छ ।
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको आयोजनामा सुशीला कोइराला नाटकघरमा ७ दिने नाटक निर्देशन कार्यशाला मंगलबारदेखि सुरु भएको हो । प्रदेश १ मा रंगमञ्चमा आवद्ध व्यक्तिहरुमा नाटक निर्देशकीय क्षमता विकास गर्ने उद्धेश्यले कार्यशाला सुरु गरिएको आयोजकले जनाएको छ । कार्यशालाको सहजिकरण वरिष्ठ रंगकर्मी सुनील पोखरेलले गर्नुभएको छ । कार्यशालामा मोरङ, सुनसरी, झापा र इलामका २० जना रंगकर्मीहरुले सहभागिता जनाएका छन् । कार्यशालामा सहभागीहरुले नाटक निर्देशनका आधारभूत तत्वहरुका विषयमा जान्ने मौका पाएको भन्दै आफ्नो समूहमा फर्किएर नाटक निर्देशन गर्ने योजना सुनाए । स्वास्थ्य सुरक्षाका आवश्यक मापदण्ड पुरा गर्दै सुरु भएको आवासिय कार्यशाला असोज २६ गते सम्पन्न हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्