यौन दुव्र्यवहारको आरोपमा दुई युवक पक्राउ

<span class='c1'>यौन दुव्र्यवहारको आरोपमा</span> <span class='c2'>दुई युवक पक्राउ</span>

एक किशोरीलाई यौन दुव्र्यवहार गरेको आरोपमा दुई युवक पक्राउ परेका छन् । बिहिबार राति करीब १०ः०० बजेको समयमा दिक्तेल बजारस्थित रत्नपार्कमा अन्दाजी १५-१६ वर्षकी किशोरीमाथि यौन दुव्र्यवहार गरेको आरोपमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाका २५ वर्षीय धनजीत राई र ऐसेलुखर्क गाउँपालिका–२ बाकाचोलका ३३ वर्षीय चन्द्र राई पक्राउ परेका हुन् ।

आफूमाथि यौन दुव्र्यवहार गरेको भन्दै किशोरीले सामुदायिक प्रहरी सेवा केन्द्रमा दिएको उजुरीका आधारमा दुवै जनालाई गएराति नै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक चिमरियाले जानकारी दिनुभयो । पक्राउ परेका दुवै जनाविरुद्ध शुक्रबार यौन दुव्र्यवहारसम्बन्धी मुद्धा दर्ता गरेर कारवाही शुरु गरिएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्