कोरोना कहर : यसपटक विराटनगरको काली मन्दिरमा दशैंको सामुहिक कार्य सबै बन्द

<span class='c1'>कोरोना कहर : यसपटक विराटनगरको काली</span> <span class='c2'>मन्दिरमा दशैंको सामुहिक कार्य सबै बन्द</span>

विराटनगर । विराटनगर मेन रोडमा रहेको काली मन्दिरमा कोरोना कहरका कारण यसपटक नौराथा जस्ता कुनै पनि सामुहिक रुपमा गरिदै आएको सम्पुर्ण कार्य स्थगित हुने भएको छ ।


हरेक बर्ष कालिमन्दिरमा नौराथाका लागी मेला नै लाग्ने गर्दथ्यो । नौराथामा बिहानैदेखी श्रद्धालुभक्तजनहरु मन्दिरमा पुजापाठ गर्न आउनेहरुको अत्याधिक भिड लाग्ने गर्दथ्यो । तर कालि मन्दिर व्यावस्थापन समितिले सुचना जारी गर्दै यस पटकको दशैको लागी सामुहिक रुपमा गरिदै आएको सम्पुर्ण कार्य बन्द गरिएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यलय मोरङले यस बर्षको दशैमा सामुहिक रुपमा गरिने सम्पुर्ण कार्यक्रमहरु नर्गन आदेश दिएसँगै मन्दिर व्यावस्थापन समितिले आन्तरिक बैठक बसेर यसपटकको सबै गतिविधी रोक्ने जनाएको छ ।
समितिले घटस्थापनाको दिन जमरा राखी नवरात्री भरी पुजा आजा गरिदा सर्व साधारणको भिड हुने भएकोले गर्दा कोरोना भाइरसको संक्रमण फैलिने हुदा यस बर्ष नवरात्रा भरी यस काली मन्दिरमा गरिने सम्पुर्ण कार्यक्रमहरु बन्द गर्ने भएको हो ।
मन्दिर व्यावस्थपान समितिले जमरा राख्ने, सामुहिक रुपमा माताको दर्शन, बिहान र बेलुकी गरिने भजन किर्तन, प्रसाद चढाउने,प्रसाद बितरण, टीका लगाउने, मन्दिरमा पण्डितद्वारा गरिने पाठ, बोका, हाँस तथा अन्य कुनै पनि प्रकारको बलि, महिलाहरुद्वारा मातालाई खुइचा चढाउने तथा जमरा बितरण गरिने जस्ता कार्यक्रमहरु नगर्ने निर्णय गरेको छ ।


बैठक द्वारा मन्दिरमा गरिने बिहान तथा बेलुकि गरिनको नित्य (साधारण पुजा) पुजा तथा आरतीको बाहेक कुनै पनि प्रकारको कार्यक्रमहरु नगर्ने निर्णय गरेको मन्दिर व्यावस्थपन समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्