विराटनगरमा आज थप २ जना कोराना संक्रमितको मृत्यु

<span class='c1'>विराटनगरमा आज थप २</span> <span class='c2'>जना कोराना संक्रमितको मृत्यु</span>

विराटनगर । हिजो शुक्रबार मात्र विराटनगरमा ३ जना कोरोना संक्रमितको मृत्यु भएकोमा आज( शनिबार )पुन: २ जनाको मृत्यु भएको छ । विराट मेडिकल कलेज र न्यूरो अस्पताल विराटनगरमा दुई जना कोरोना संक्रमित महिलाको मृत्यु भएको हो ।
सुनसरीको इटहरी उपमहानगरपालिका– ५ का क ६४ वर्षीय महिलाको विराट मेडिकल कलेजको आइसोलेसनमा मृत्यु भएको हो । असोज १५ गते अस्पतालमा भर्ना भएकी महिलाको शनिबार विहान १०ः४० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
यसैविच शनिबार नै न्यूरो अस्पतालको कोभिड अस्पतालमा मोरङको पथरी शनिश्चरे नगरपालिका– ६ की ९२ वर्षीय वृद्धा महिलाको मृत्यु भएको छ । असोज १८ गते कोरोना देखिएपछि अस्पतालमा उपचाररत उनको मृत्यु भएको कोभिड न्यूरो अस्पतालका प्रशासकिया अधिकृत सुरेस आर्चायले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्