विराटनगर । खोटाङ दिक्तेल रुपाकोट मझुवागढी(६ बस्ने २९ बर्षीय पातल सिंह राईलाई अरिङ्गालले टोक्दा उनको मृत्यु भएको छ ।
हिजो के कुन समयमा जंगलमा घाँस काट्न गएका सिंहलाई घाँस काटिरहेको अवस्थामा एक्कासी अरिङ्गालले शरिरका विभीन्न भागमा टोक्दा उनी वेहोस भएका थिए । अरिङ्गालले टोकेर वेहोस भएका सिंहको जिल्ला अस्पताल खोटाङमा उपचारको क्रममा आज विहान ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।